आईटी तथा ई कमर्समा ५ हजार विद्यार्थी दिक्षित गरेको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई कमर्सले आफ्नो यात्राको १० वर्ष पुरा गरेको छ। देशमा अन्तर्राष्ट्रिय स्तरको आईटी शिक्षा प्रदान गर्न कलेजले बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटी सँग सहकार्य गरि बेलायतको पाठ्यक्रम नेपालमै अध्यापन गराउँदै आएको छ।
सफ्ट्वेरिका पुर्व विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टेक्नोलोजिमा आधारित कम्पनीमा कार्यरत रहेको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठ बताउँछन्। नयाँ प्राविधिक पाठ्यक्रमहरु भित्र्याइ नेपाली भुमिमै आइटी शिक्षाको अध्यापनमा सफ्ट्वेरिका कलेजको योगदान कोषेढुङ्गा साबित भएको श्रेष्ठले बताए।
कलेजले युनिभर्सिटीको पाठ्यक्रम बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड इथिकल ह्याकिङ्ग, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमहरूको समेत अध्यापन गराउँदै आएको छ। साथै कलेज आर्टिफिसियल इन्टेलिजिन्समा स्नातक र डाटा साइन्समा मास्टर डिग्रि संचालनको प्रकृयामा छ।
Comment here