समाज

नेपालमा ७२ प्रतिशतले सुन्छन् रेडियो

काठमाडौँ । कोरोना महामारीको समयमा नेपालमा रेडियो सुन्नेको सङख्या बढेको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउनको समयमा रेडियो सुन्नेको सङ्ख्या बढेको सेयरकास्ट इनिसियटिभ नेपालले गरेको अध्ययनले देखाएको हो ।विश्व रेडियो दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तरक्रियामा सेयरकास्टका अध्यक्ष मधु आचार्यले कोरोना कालमा ७२ प्रतिशतले रेडियो सुन्ने गरेको बताउनुभयो ।जसमध्ये ३२ प्रतिशतले रेडियोलाई विश्वास गर्ने गरेका पाइएको उहाँले जानकारी दिनुभयो । परम्परागत रुपमा रेडियोलाई विश्वास गर्नेको सङ्ख्या पहिलेकै जस्तो भएको पनि उहाँको भनाइ छ ।तर पछिल्लो समय रेडियो सुन्नेको अवधि दैनिक २ घण्टामा झरेकाले सुन्न लायक कार्यक्रममा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सन् २०२० मा गरिएको अध्ययनले कोरोनाको समयमा भएको लकडाउनमा रेडियो प्रभावकारी देखाएको हो ।५९ प्रतिशत नेपालीले रेडियो सुन्ने गरेको तथा कणर्ाली र सुदूरपश्चिममा ७५ प्रतिशतले सुन्ने गरेको अध्ययनले देखाएको छ ।सबैभन्दा कम मधेसप्रदेशमा भने ५० प्रतिशतले मात्रै रेडियो सुन्ने गरेका पाइएको छ ।१६ वर्षमुनिका बालबालिका भएका ६५ सय परिवारमा गरिएको अध्ययनले ६७ प्रतिशत परिवारले रेडियो सुन्ने गरेको पनि देखाएको छ ।सेयरकास्टले यो वर्ष पनि रेडियोको प्रभावकारी र यसको स्रोताको बारेमा अध्ययन गर्ने तयारी गरिरहेको अध्यक्ष मधु आचार्यले बताउनुभयो ।साभार : सीआईएन


Comment here