दिपेश मल्लिक, जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिले स्थानीय नोचा पोखरी परिसरको सर -सफाई गरेको छ । आइतबार संविधान दिवस,सोह् श्राद्ध (पितृ तर्पण) तथा मिथिलाको महान पर्व जितियाको अवसरमा नोचा पोखरी (चुनचुनवती सर) को वृहत सफाई गरिएको हो । जनकपुरधाम उपमहानगरका पालिका वडा नं. १५ र २० मा अवस्थित रहेको जलाशय नोचा पोखरी विगत केही समयदेखी स्थानियहरुको आकर्षणको केन्द्र बनेको छ ।


प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादब प्रमुख अतिथि रहेका कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानियहरुको उल्लेख सहभागिता रहेको थियो । नगर सभापति मनोज साहको नेतृत्वमा भएको वृहत सरसफाई कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादब, जिल्ला सचिब विशेश्वर यादव जिल्ला सदस्यहरु गणेश झा, प्रवेश चौधरी, रामचन्द्र पजियार, नागेन्द्र कणर्, जीवनाथ चौधरी, प्रमोद चौधरी लगायतका ब्यक्तिहरुको पनि सहभागिता रहेको थियो । नेपाली कांग्रेसका युवा नेता समेत रहेका नगर सभापति साहको वर्षोको अथक प्रयासले नोचा पोखरीको कायापलट भएको स्थानियहरुको भनाई छ । जउमनपा वडा नं. १५ रामपुर निवासी रामचन्द्र साहले नोचा पोखरीलाई पर्यट्कीय गन्तव्य बनाउनमा नगर सभापति साहको महत्वपूणर् योगदान रहेको बताए । हाल नोचा पोखरीमा मोर्निङ्ग वाकको लागि चारैतिर पि.सि.सि. ढलान, पिकनिकको लागि रोड संचालन, खानेपानिको व्यवस्था समेत मिलाइएको छ ।




Comment here