काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडीलाई सम्मान र हौसला स्वरुप नगद प्रदान गर्न लागिएको बताए ।२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेको नेपालले आजको फाइनल म्याचमा युएआइसँग भिडदैछ । यो खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ ।सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।साभार : नेपाल प्रेस


Comment here