समाज

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त

काठमाडौं । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान नियुक्त भएकी छिन् । उनलाई महिला साफ च्याम्पियनसिपका लागि टिमको नेतृत्व दिइएको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रि-म्याच कन्फरेनसमा औपचारिक रूपमा कप्तान घोषणा गरेको छ । कप्तान रेनुका नगरकोटे घाइते भएकाले एन्जिलालाई यो अवसर जुरेको हो ।असार २१ गते एसियन गेम्सको तयारीका क्रममा रेनुकाको बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार तीन हप्ता मैदान बाहिर रहन परेपछि रेनुकाले घरेलु मैदानमा हुने साफ गुमाउँदैछिन् ।सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलबाट एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । त्यसयता भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।एन्जिलाले अहिलेसम्म नेपालका लागि ३१ क्याप जितेकी छिन् ।साभार : नेपाल प्रेस

Comment here