जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ वडा समितिले नेपाल तरुण दलको वडा कार्य समिति गठन गरेको छ । समितिको सभापतिमा श्रवण कुमार मंडल रहेका छन भने उपसभापतिमा आदित्य साह , महासचिवमा शम्भु साह , सचिवमा अजय कुमार मंडल र कोषाध्यक्षमा दुलारचन खंग रहेका छन । त्यस्तै सदस्यहरुमा सिकिल मुखिया , मनोज साह तेली , संजीव साह , मनोहर दास , राजेश ठाकुर , कपिल महतो , प्रकाश चौधरी , बालबोध झा , गंगा प्रसाद मुखिया , जितेन्द्र हाथी , शम्भु ठाकुर सिताराम दास , प्रमेश्वर भण्डारी , उमेश चौधरी सहितका रहेका छन । नेपाली कांग्रेसका वडा सभापति नन्दलाल साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उप सभापति गणेश झाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवम् नगर प्रमुखका प्रत्यासी मनोज साह , वडाध्यक्ष अशोक कुमार चौधरीको विशेष उपस्थिति रहेको थियो ।


Comment here