जनकपुरधाम । घरेलु हिंसामा परेकी महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीको ससुरा राम प्रवेश चौधरी पनि पक्राउ परेका छन् ।थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा राम प्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् ।नेहाको श्रीमान् पंकज यसअघि नै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । नेहाका ससुरा ६० वर्षीय रामप्रवेशलाई महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट आइतबार पक्राउ गरेको हो ।२०७८ फाल्गुन २५ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा पंकजका परिवारले १ करोडभन्दा बढी दाइजो लिएका थिए । तर काठमाडौंमा घर पनि बनाइदिन भन्दै दबाब दिएको र नमानेपछि यातना दिएको नेहाको आरोप छ ।सम्बन्ध बिग्रेपछि पंकजले सुरुमा डिभोर्स मुद्दा दर्ता गराए । त्यसपछि नेहाले श्रीमान् पंकज, ससुरा राम प्रवेश र परिवारका अन्य ४ सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, माना चामल र अंश मुद्दा दायर गरेकी छन् ।साभार : नेपाल प्रेस
नेहा चौधरीका ससुरा पनि पक्राउ, श्रीमान् डा. पंकज जेलमै
२९ फाल्गुन २०७९, सोमबार १२:०६0


सम्बन्धित समाचार
२९ असार २०७८, मंगलवार १५:२३0
शेरबहादुर देउवा पाँचाैं पटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक
Read More
१६ जेष्ठ २०७९, सोमबार २०:०४0
विद्युतीय चुलो प्रयोग सम्बन्धी अन्तरक्रिया सम्पन्न
बटुकनाथ झाजनकपुरधाम, १६ गते जेठ ।मुलुक भरि खाना पकाउने एलपी ग्यासको मृल्य बृद्धि भईरहेको बेला विद्युतीय चुलो प्रयोगबाट हुने फाइदाका विषयमा एक कार्यक्रममा जोर दिइएको छ ।क्लिन कुकि एलाईन्स काठमाडौँको आ
Read More
१ मंसिर २०७९, बिहीबार १२:०५0
राहुल गान्धीको ‘भारत जोडो यात्रा’को सभामा नेपालको राष्ट्रगान बज्यो
काठमाडौं । बुधबार महाराष्ट्रको वासिममा राहुल गान्धीको भारत जोडो यात्राको कार्यक्रममा भारतको राष्ट्रिय गानको बजाउनुपर्नेमा यसको सट्टा नेपालको राष्ट्रिय गान बजाइएको छ । यो घटनाको भिडियो भाइरल भएको छ ।घ
Read More
Comment here