समाज

न्यायधीस राउतको एकल इजलासमा पुुग्यो जसपा आधिकारीकता बारेको रिट

काठमाडौं । हेर्न नभ्याईनेमा परेको जनता समाजवादी पार्टीनेपालको आधिकारीकता विवाद बारेकोको रिट न्यायाधीसको इजलासमा पुुगेको छ । यसअघि हेर्न नभ्याईनेमा परेको रिटलाई आज सर्वोच्चले न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलास तोकेको हो।निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यही विषयलाई लिएर महन्थ ठाकुरले साउन १५ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।रिटको सुनुवाईका लागि पहिलोपटक साउन १८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।साभार : विकास टाइम्स

Comment here