समाज

न्यायमा पहूँच अभिबृद्धि गर्न पत्रकारसंग अन्तरक्रिया सम्पन्न

जनकपुरधाम, ३ भदौ । सेवाग्रहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा पत्रकार संगको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।रिपोर्टिङका क्रममा मानव अधिकार तथा लैँगिक हिँसा संग सम्बन्धी शब्दावलीका सम्बन्धमा पत्रकारहरुलाई अधिवक्ता राजकुमार महासेठले जानकारी गराउनु भएको थियो ।दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आयोजनामा संस्थागत सुधार परियोजना मार्फत न्यायमा पहूँच अभिबृद्धि गर्नका लागि कानुनी सचेतना, कानुनी सहायता आउटरिज गतिविधिको कार्यान्वयनका लागि ए टु जे परियोजना अन्तरगत उक्त अन्र्तक्रिया सम्पन्न भएको परियोजनाका कार्यक्रम संयोजक मनोज कुमार सर्राफले जानकारी दिनुभयो ।
सो अन्र्तक्रियामा अधिवक्ता महासेठले अपराध, मानव अधिकार उलंघन, ज्यादती, लैँगिक हिँसा,घरेलु हिँसा लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । यहि परियोजना अन्तगत संस्थाले धनुषा र महोत्तरीका विभिन्न स्थानीय तहका न्यायिकसमिति संग सम्बन्धी पदाधिकारी,कार्मचारी, कानुन व्यवसायी तथा कानुनका विद्यार्थीहरु संग अन्तरक्रिया समेत गरेको संस्थाका कार्यक्रम सल्लाहकार पुनित चौधरीले जानकारी दिनुभयो ।

Comment here