समाज

न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ:महताे

वीरगञ्च ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए ।न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न राणालाई सुझाव दिए ।राणाले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि राणाले पदमा बस्न नहुने बताए ।न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका हुन् ।राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।साभार : स्पेसखबर

Comment here