समाज

पचिस वर्ष सम्म पार्टीका सभापति रहेका गंगाई साहलाई काँग्रेसले पाखा लगाउदै निधि र यादवका कारण पार्टीमा अन्तरघात हुने

बटुकनाथ झा
जनकपुरधाम २८ गते असार
नेपाली काँग्रेसमा ६० वर्ष भन्दा बढी समय सम्म सक्रिय रहेका जनकपुरधाम १६ कपिलेश्वरमा गंगाई साहलाई नेपाली काँग्रेसले पाखा लगाउदै छन् । युवा अवस्था देखि नै पार्टीमा सक्रिय रहेर २५ वर्ष सम्म पार्टीका वडा सभापतिमा निर्विरोध रहेका गंगाई साहलाई पछिल्लो समयमा भएको पार्टीको महाधिवेशन प्रतिनिधिमापनि वडा सभापतिलाई नसोधी आफु अनुकुलका व्यक्तिलाई जिम्मेबारी दिदा पार्टी कमजोर हुदै गएको उहाँले बताउनु भयो । २०५२ साल देखि २०७८ साल सम्म पार्टीको वडा सभापति बनेका साहलाई पछिल्लो समयमा भएको अधिवेशनको पुर्व संध्यामा केहिपनि नसोधी चुनाव गराएको उहाँले आरोप लगाउनु भयो । जानकी एफएमको कार्यक्रम जिवन बृतमा कुराकानी गर्दै पुर्व वडा सभापति साहले पार्टीमा एक व्यक्ति एक पद नभए सम्म नेताको नजिक रहेको तथा आर्थिक कारण पार्टीका नेतृत्वको आसेपासे मात्र पदमा रहने भएकाले आम कार्यकर्तालाई पार्टी प्रति असन्तुष्टी बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ’यसै कारण विगतको भएको पार्टीको जिल्ला र प्रदेशको चुनावमा भएको अन्तरघातका कारण अबको चुनाबमा काँग्रेसका उम्मेदबार जित्ने सम्भावना कम रहेको छ । ’ पार्टीको अन्तरघात नरोकिए निकट भविश्यमा नेपाली काँग्रेसको अवस्था भारतीय काँग्रेसको वर्तमान अवस्था जस्तै हुने चेतावनी दिनुभयो । पाँच जनासमेत समर्थक नरहेका व्यक्तिलाई नेतृत्व पंक्तिले टिकट दिदा समस्या भईरहेको उहाँले बताउनु भयो । पार्टीको अधिवेशनमा धनुषा जिल्लामा नेता विमलेन्द्र निधि र रामसरोज यादव एकलौटी तरिकाले महाधिवेशन प्रतिनिध बनाएकाले पार्टी भित्र आक्रोश बढेकोछ । पार्टीका ठुला नेताहरुले आफु मौका पाउनकै लागि गाउँ स्तरबाटै पार्टीका कार्यकर्ता विच झगडा लगाई आफ्ना अनुकुलका व्यक्तिलाई पद दिने गरेको गंगाई साहले आरोप लगाउनु भयो ।उहाँले पार्टीको विधान संशोधन भई एक व्यक्ति एक पद मात्र रहेको व्यवस्था हुँदा सबैको पदमा जाने बाटो खुल्ने उहाँले बताउनु भयो । समयमै नसुध्रिए आगमी निर्वाचनमा नेपाली काँग्रेसका अन्तरघातको बाढी नै आउने चेतावनी दिनुभयो । उहाँले भन्नु भयो,’पार्टी भित्रको चुनावमा भएको अन्तरघाटका कारण प्रचार तथा नाराबाजीमा कार्यकर्ता संगै रहने तर मतदान अन्यमा गर्ने सम्भावना रहेकोछ । ’ आफु २५ वर्ष सम्म वडा सभापति रहेको बेला संसदिय चुनाबमा समेत पार्टी भित्र चंदा दिएरकाम गरेको बताउदै उहाँले निस्वार्थ भएर काम गरेको बताउनु भयो । अहिले आफुले जती गरेपनि आफ्नो हस्ताक्षर विना नै पार्टीका जिल्ला नेतृत्वले महाधिवेशन प्रतिनिधि छनौट गरेको प्रति उहाँ आक्रोश व्यक्त गर्नुभयो ।

Comment here