समाज

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८२ को मृत्यु २४ संक्रमित थपिए

 पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल  १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् । भने ८२ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन्

Comment here