पोखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पत्रकार पौडेलको स्मृतिमा अक्षयकोष खडा गर्ने निर्णय गरेको हो ।१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । प्रदेश कमिटीले ५ लाख रूपैयाँ तत्काल कोषमा जम्मा गर्ने र बाँकी ५ लाख रूपैयाँ प्रदेशअन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने जनाएको छ ।अक्षय कोषबाट कार्यविधि बनाएर हरेक वर्ष गण्डकी प्रदेशभरका पत्रकारमध्येबाट एकजनालाई पुरस्कृत गर्ने बताइएको छ ।पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार, त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भइसकेका थिए । यस्तै उनी माओवादीनिकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत थिए ।राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट दुई दशकभन्दा अघिदेखि पत्रकारिता सुरू गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई काम गर्दै पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक एवम् सम्पादक थिए ।साभार : नेपाल प्रेस
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना
९ माघ २०७९, सोमबार १२:१८0


सम्बन्धित समाचार
६ आश्विन २०७८, बुधबार १४:५३0
सुनको मूल्य एकैदिन ९ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल स
Read More
१८ चैत्र २०७८, शुक्रबार १२:१९0
जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल्वेको दुई देशका प्रधानमन्त्रीले शनिबार संयुक्त रुपमा उद्घाटन गर्ने
जनकपुरधाम । नेपालको एकमात्र रेल्वे शनिबारदेखि सञ्चालनमा आउने भएको छ। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल्वेको दुई देशका प्रधानमन्त्रीले शनिबार संयुक्त रुपमा उद्घाटन गर्ने भएका हु
Read More
२७ मंसिर २०७९, मंगलवार १५:५७0
सुख्खायाम लागेसँगै भारतबाट बिजुली खरिद सुरु
काठमाडौँ। बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ। प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु ग
Read More
Comment here