समाज

पदभार ग्रंहण संगै मेयर विनयको ७ निर्णय


बटुकनाथ झा
जनकपुरधाम १८ गते जेठ ।
धनुषा जिल्लाको नगराईन नगरपालिकाका मेयर विनय कुमार यादवले पदभार ग्रहण गर्दै बुधबार ७ वटा निर्णय लिनु भएको छ । उहाँले लिनु भएको निर्णयहरु मध्ये केहि तत्कालै गर्न सकिन्छ भन्ने केहिमा समय लाग्ने देखिएको छ । मेयर यादवले गर्नुभएको निर्णयहरु मध्ये नगराईन नगरपालिका वडा नं. २ जटहीमा शहिद द्वार निर्माण गर्ने,नगरपालिका स्तरीय स्वास्थ्य जाँच सम्बन्धी प्रयोगशालाको स्थापना गरी संचालन गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, असहाय, विधवा,एकल महिला, गर्भवती तथा अतिविपन्न वर्गलाई प्रथम पोषण केन्द्र सम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगराईन नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्यको आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गर्नुभएको छ । त्यस्तै गंगुली देखि जटही बोर्डर सम्म रहेको ६ लाइनको सडकको डिभाइडरमा बृक्षारोपण तथा सडक सरसफाई गरी सौन्दर्यीकरण गर्ने, कृषि क्षेत्रलाई उच्च स्तरीय प्राथमिकतामा राखी किसानहरुलाई समयमा मलखादको व्यवस्था मिलाउन समेत निर्णय भएको छ ।

Comment here