समाज

पाठकको३३औं पुण्य तिथिको अवसरमा शालिकमा पुष्पमाला अर्पण

जनकपुरधाम । अमर शहीद सत्यनारायण पाठकको३३औं पुण्य तिथिको अवसरमा वहाँको शालिकमा पुष्पमाला अर्पण गरि श्रध्दासुमन अर्पण गरिएको छ । सत्यनारायण पाठक प्रतिष्ठानका अध्यक्ष सुख चंद्र मिश्रको अध्यक्षता र प्रदेश नं २ का भौतिक पुर्वाधार विकास मंत्री रामसरोज यादवको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सत्यनारायण स्मारक स्थलमा आयोजित कार्यक्रममा अध्यक्ष सुखचन्द्र मिश्र ले शालिक निर्माण र अनावरणमा सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्दै कार्यक्रममा सहभागी हुने सबैमा धन्यवाद ज्ञापन गरे ।कार्यक्रममा काङ्ग्रेसका धनुषा जिल्ला सभापति महेश शंकर गिरी , उप सभापति सन्तोष यादव पुर्व क्षेत्रीय सभापति कन्हैया कर्ण ,नगर सभापति मनोज साह क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियार , महाधिवेशन प्रतिनिधि प्रफुल्ल कुमार घिमिरे , सम्झना वर्मा , जिल्ला सदस्य गणेश झा ,अनिता श्रीवास्तव , रामप्रसाद पजियार, वडा नं ८ सभापति सुरेन्द्र शर्मा , रामनारायण पाठक , वरिष्ठ पत्रकार रामभरत साह, नगर सचिव लाल बाबु मिश्र ,पुर्व नगर सचिव रविन्द्र सिंह, रामदेव यादव ,गिता भंडारी ज्ञानु मन्ड्ल शिवजी राय,जित बहादुर राउत ,लगायत उल्लेख्य संख्यामा नेता कार्यक्रताको उपस्थिति रहेको थियोे । बि. सं. २०४५ सालमा जनकपुरधामको वडा नम्बर १३ परिक्रमा सडक भन्दा पश्चिम ५ सय बिग्घा खेतीयोग्य जग्गामा पञ्चहरूलाई स्थापित गर्न आदर्श नगर बसाउने नाउँमा पञ्चे राजनीतिको बिरोधमा भएको आन्दोलनमा पौष २६ गते पञ्चायती गोली लागि पाठकले सहादत प्राप्त गरेका थिए ।

Comment here