जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवा वर्गको हातमा हुनुपर्ने आवश्यकता जनाएका छन् । नेपाली काँग्रसको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व युवाहरुको हातमा जाने विश्वास व्यक्त गर्दै नेता निधिले भने, ‘ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ अन्यथा पार्टीलाई उर्जावान राख्न सकिन्न । आइतबार दसैंको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलामा पुख्र्याैली गाउँ धनुषाको नगराईनमा सम्बोधन गर्दै नेता निधिले सभापतिमा आफुलाई सहयोग गर्न आग्रह गरे । ‘ सभापतिमा लड्न गईरहेको छु, उनले भने–‘तपाईहरुको साथ सहयोग र समर्थन आवश्यक छ ।’धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा चार वटा पालिका र ३८ वटा वडाहरुमा आपसी समझदारी , सौहार्दपुर्ण वातावरण तथा निर्विरोध निर्वाचन सम्पन्न गर्न नेता कार्यकर्ताहरुलाई नेता निधीले आग्रह गरे ।
पार्टीको नेतृत्व युवा वर्गको हातमा हुनुपर्छ: उपसभापति निधि
२५ आश्विन २०७८, सोमबार १३:१३0


सम्बन्धित समाचार
३० श्रावण २०७८, शनिबार १८:३८0
इन्टरनेटको शुल्क घटाउने तयारीमा सरकार
काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने तयारी गरेको छ । लीभीङ वीट आइसीटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि म
Read More
३० जेष्ठ २०७९, सोमबार १२:०३0
मिनी ट्रकको ठक्करबाट कोटेश्वरमा एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका-५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ ब
Read More
१ माघ २०७९, आईतवार १३:०९0
दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ ।
दुर्घटनाग्रस्त विमानबाट
Read More
Comment here