समाज

पार्टीमा महिलाको सहभागीता सम्बन्धी माण्डवीले दिए ज्ञापनपत्र

जनकपुरधाम । महिला अधिकारको क्षेत्रमा काम गरिरहेको माण्डवीले जनता समाजवादी पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागीताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । माण्डवीका अध्यक्ष अंजु झाद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र संस्थाका कार्यक्रम संयोजक अमित यादवले जसपाका धनुषा नेता तथा जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बु प्रसाद साहलाई ज्ञापनपत्र बुझाई पार्टीको महाधिवेशनमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने माग गरिएको छ । नेपालको संबिधान २०७२ तथा निर्वाचन सम्बन्धी ऐन र विशेषगरी राजनितीक दल सम्बन्धि ऐन २०७३मा दलले सबै समितिमा कीम्तमा ३३ प्रतिशत महिला सदस्य राख्ने व्यवस्था भएपनि कार्यान्वयनमा देखिएको छैन । अगामी दिनमा जसपाको महाधिवेशन मार्फत राजनितिक दल सम्बन्धी कानुनमा व्यवस्था भए बमोजिम पार्टीका समैतहमा३३ प्रतिसत महिला सहभागीता गराउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

Comment here