समाज

पालिका अन्तरगतका छोरीहरुलाई सशक्त बनाउन सक्रिय मिनपाका उपप्रमुख तारा बस्नेत


बटुकनाथ झा
माघ ११ गते जनकपुरधाम ।
पहिला जस्तो नभई महिलालाई बदलिदो समयमा थप सशक्त बनाउने सोचका साथ धनुषाको मिथिला नगरपालिकाकी उपप्रमुख तारा कुमारी बस्नेत लामा सक्रिय हुनु हून्छ । आफ्नो उमेरको १७ वर्ष देखि नेकपा एमालेकी साधारण सदस्य हुदै नगरपालिकाको उपप्रमुख सम्मको यात्राको क्रममा आफु नगरपालिका अन्तरगतकी छोरीहरुलाई सशक्त बनाउन विभिन्न योजनाहरुलाई सफलताका साथ सम्पन्न गरेको उहाँ बताउनु हुन्छ । आफु उपप्रमुख भएका आएदेखि ‘मिथिलाको चाहना घरघरमा साहना’नाराका साथ नगरपालिका क्षेत्र भित्र स्नातक उतिर्ण रहेका छोरीहरुलाई जनही ६ हजारको दरले सहयोगका साथै कदर पत्र दिएर सम्मानित गरेर छोरीहरुलाई शिक्षामा पहुच र बालबिबाह नगर्न जागरुक बन्न सहयोग गरेको बताउनु हुन्छ । छोरीलाई सशक्त बनाउनुका साथै अपाङगता भएका व्यक्तिहरु सम्मान स्वरुप मिथिला नगरपालिकाले सेतो र पहेलो कार्ड पनि वितरण गरि कृत्रिम हात खुट्टाका लागि बजेट विनियोजन गरेको बताउनु हुन्छ ।उहाँ भन्नु हुन्छ,‘राज्यले अपाङगता भएका व्यक्तिहरुलाई निलो र रातो कार्ड मात्र दिएको छ तर मैले सेतो र पहेलो कार्ड बनाई मासिक ५ सयको दरले दिएको हु ।’भौतिक विकासका क्षेत्रमा आफ्नै नेतृत्वमा काम गरेको बताउदै उहाँले महिलाहरुलाई मात्र सिलाई कटाई नभई पुरुषले गर्ने कामहरुको समेत तालिम दिएको बताउदै उहाँले महिलाहरुलाई मोवाईल रिपेयरिङ तालिम लगायतका दक्षता अभिबृद्धिको लागि कामगरेको भन्नु भयो । गरिबको घर मदन भंडारी भन्ने कार्यक्रम अन्तरगत अतिविपन्न वर्गलाई घर बनाउने योजना रहेपनि अहिले सम्म गर्न नसकेको बताउनु हुन्छ । आफुले यस्ता योजना ल्याउन मेयर तथा कार्यपालिकामा धेरै अपहेलित हुनु परेको दुखेसो पोख्दै उहाँले अगामी चुनावमा पार्टीले मुल्ङकन गरे भने आफुलेगर्न चाहेको तर गर्न नसकेको कामहरु गर्न फेरी निर्वाचित हुने आशा रहेको बताउनु हुन्छ ।

Comment here