समाज

पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् ।कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’, देउवाले भने ।एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसी देशको हितमा छ । कांग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’, देउवाले भने ।उनले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिए ।साभार : नेपाल प्रेस

Comment here