समाज

तेस्रोलिङगीहरुका लागि जनकपुरधाममा सम्मान गृह संचालन

जनकपुरधाम १८ गते फागुन । जनकपुरधाममा तेस्रोलिङगी समुदायका लागि सम्मान गृह संचालनमा आएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा ब्लु डायमण्ड सोसाइटीले सो सम्मान गृह संचालनमा ल्याएको छ । तत्काल एक वर्षका लागि दातृ निकायको सहयोगमा संचालनमा आएको सम्मान गृहमा एचआईभी संक्रमित अथवा अन्य तरिकाले तेस्रोलिङगीलाई सम्मानका साथ पुर्नस्थानाका लागि सो गृह संचालनमा ल्याइएको निलहिरा समाज जनकपुरका कार्यक्रम संयोजक सत्यनारायण साह(छोटु)ले जानकारी दिनुभयो ।समाजका अध्यक्ष रामवरण यादवको अध्यक्षतामा भएको सो सम्मान गहृको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्रले तेस्रो लिङगी समुदायको विकासका लागि उपमहानगरपालिकाले २ लाख बजेट छुट्याएको जानकारी दिदै भविश्यमा ती समुदायका लागि नियमित रुपमा कार्यक्रमहरु ल्याउन आफुले पहल गरिसकेको बताउनु भयो । सो कार्यक्रममा बोल्दैसमाजका पुर्व अध्यक्ष प्रदिप यादवले समाजमा अहिले पनि तेस्रोलिङगीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराउदै विस्तारै समाजले सम्मान दिन सुरु गरेको बताउनु भयो । तत्कालका लागि सम्मान गृहको सुरुवात भएपनि यसलाई निरन्तरता दिन आवश्यक रहेको वक्ताहरुले बताएका थिए । सो उद्घाटन कार्यक्रममा मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार लगायत क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Comment here