मुम्बई । फिल्म ‘पुष्पा’ को दोस्रो भागलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार ‘पुष्पा २’ लाई बलिउडसँग छुवाउनका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका छन् । फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा हुनेछन् ।फिल्मका निर्माताहरु फिल्मलाई ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन् । सोही कारण उनीहरुको ध्यान बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षण रहेको छ ।फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन । यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए पनि उनको यो पहिलो तेलुगु फिल्म हुनेछ । बलिउडमा अर्जुनले खासै केही कमाल देखाउन सकेका छैनन् । यो अवस्थामा यसअघि हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा उनलाई देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ ।‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लू अर्जुनले ‘पुष्पराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए । फिल्मले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो । फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन् ।साभार : डिसी नेपाल
पुष्पा २ मा अर्जुन कपुर पुलिस अफिसर !
२५ आश्विन २०७९, मंगलवार १२:३५0


सम्बन्धित समाचार
२५ मंसिर २०७८, शनिबार १८:२०0
यौनजन्य हिंसाविरुद्धको लघु चलचित्रमा फगुनिया प्रथम
काठमाडौं ।टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धामा सरिता शाहको फगुनिया पहिलो भएको छ । शाहले रु २५
Read More
१९ मंसिर २०७९, सोमबार १२:२७0
कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’
काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन
Read More
६ कार्तिक २०७७, बिहीबार १३:४९0
सुपरहिरो फिल्ममा कट्रिनाको एक्सन
बलिउड नायिका कट्रिना कैफ एक सुपरहिरो चलचित्रमा भरपुर एक्सन गर्ने तयारीमा छिन् । निर्देशक अली अब्बास जफरको साथमा उनले तेश्रो पटक काम गर्न लागेकी हुन् । अलीले निर्देशन गरेको ‘टाइगर जिन्दा हे र भारत’मा
Read More
Comment here