समाज

पुस्तकालयको निर्वाचनको मतगणनामा धान्धली भएको जनकको आरोप


जनकपुरधाम, ३० गते साउन । जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा रहेको राधाकृष्ण सार्वजनिक पुस्तकालयमा भएको निर्वाचनको मतगणनामा धान्धली भएको भन्दै कोषाध्यक्षका उम्मेदबार प्रभासकुमार राय जनकले निवेदन दर्ता गराएका हुन । धनुषाका प्रमुख जिल्ला अधिकारीलाई दिएको निवेदनमा धान्धलीपुर्ण मतगणना भएको जनाइएको छ । मतगरणाना विपक्षीलाई एक मतले निर्वाचित गरिएको भग्दै पुनः मतगणना गर्न माग गरिएको छ । नेपाल भारत सहयोगमा निर्माण भएको राधाकृष्ण पुस्तकालय जनकपुरधामको पुरानो पुस्तकालय मध्ये एक हुन । सो पुस्तकालयको नाउँमा सम्पती समेत रहेकाले त्यहाँको निर्वाचनमा आर्थिक चलखेल समेत हुने गरेको आरोप रहेको छ ।

Comment here