समाज

पूर्वमाओवादी नेताद्वारा दायर रिटको पेसी आज, सांसद् पदको पुनर्बहाली होला त ?

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका पूर्व चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार दायर रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।चारैजना प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । एमालेमा प्रवेश गरिसकेका उनीहरु किन फेरि पुरानै पार्टीको सांसद हुन चाहे त्यो बुझ्न सकिएको छैन । यसअघि उनीहरुले नै पार्टी अवैधानिक रहेको भन्दै खारेज गर्न निर्वाचन आयोग पुगेका थिए ।

साभार : स्पेस खबर

Comment here