समाज

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल फेरि अस्पताल भर्ना भएका छन् । केही दिनदेखि आएकाे ज्वरो नघटेपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । उनको अवस्था अहिले सामान्य रहकाे अस्पताले जनाएकाे छ । यद्पी उनकाे स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेकाे छ । खनाल केही समय अघि मात्रै काेराेना निकाे भएर साेही अस्पतालबाट घर फर्केका थिए । उनी पछिल्लाे समय कुनै न कुनै स्वास्थ्य समस्याले गर्दा अस्पताल धाउनु परिरहेकाे छ ।

Comment here