काठमाडौं । सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए ।काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि आकस्मि बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दुर्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए ।बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । हाल उद्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको मृत्यु भएको छ ।साभार : नेपाल प्रेस
पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा, जाँच आयोग गठन
१ माघ २०७९, आईतवार १५:१२0


सम्बन्धित समाचार
१९ कार्तिक २०७९, शनिबार १७:५७0
टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो
काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रु
Read More
१० पुष २०७९, आईतवार १२:२०0
फरहानसँग वेब सिरिजमा देखिँदै शबाना
मुम्बई। अभिनेत्री शबाना आजमी पुनः एकपटक मूलधारको फिल्ममा कमब्याक गर्दैछिन्। निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्
Read More
१९ भाद्र २०७९, आईतवार १२:०३0
टिकटक बनाउँने क्रममा भीरबाट खसेर मृत्यु
दाङ | टिकटक मोहको कारण विश्वभर अकालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा पनि पछिल्लो समय टिकटक बनाउने क्रममा विभिन्न दुर्घटना हुँदा मृत्यु हुने खबर सार्वजनिक भइरहेका छन् ।यही क्रममा
Read More
Comment here