समाज

पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार विहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।रौनियार पोखरिया नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।साभार : नेपाल प्रेस

Comment here