काठमाडौं – राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुँदैछ । उनकै नेतृत्वमा पार्टी सरकारमा जाने भएको छ । चितवन ३ मा प्रचण्ड उठेमा आफू पनि त्यहीँबाट उठ्ने भन्दै लामिछानेले तयारी गरेका थिए ।यदि लामिछाने उठेमा आफू पराजित हुने सम्भावना देखेरै प्रचण्ड गोरखा २ पुगेका थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने पनि चितवन २ मा गए । चितवन ३ मा विक्रम पाण्डेले चुनाव जिते ।चितवन २ बाट ४९ हजार मत ल्याएका लामिछाने अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन लागिपरेपछि हिजो घन्टी घन्टी भन्दै हिँडेकाहरूले पश्चाताप गरेका छन् ।आखिरमा रवि पनि कम्युनिस्ट नै रहेछन् भनेर चर्चा हुन थालेको छ । केपी ओली र प्रचण्डले बोलाउँदैमा खुरुक्क बालकोट पुग्ने रवि लामिछानेको हैसियत अबको निर्वाचनले देखाउने निश्चित छ । किनभने उनले पाएको मत सबै कांग्रेसको नै हो ।कांग्रेसमा असन्तुष्टिको फाइदा उठाएर २० सिट जितेका लामिछानेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनको आलोचना हुन थालेको छ । रवि र छवि (प्रचण्ड) दुवैलाई देवत्वकरण गर्नेहरू अहिले लोकतान्त्रिक पार्टी कांग्रेसलाई चुनावमा पाखा लगाएमा पश्चाताप गर्न थालेका छन् ।अब प्रचण्डको सरकारमा रविले के गर्लान् भन्ने चासो चौतर्फी देखिएको छ । प्रचण्ड लहडमा निर्णय गर्ने नेता हुन् । उनको रिमोट कन्ट्रोल केपी ओलीको हातमा छ ।हिजो ओली र प्रचण्डलाई सत्तोश्राप गर्ने रवि अहिले उनकै अन्डरमा चल्न थालेपछि रास्वपामा ठूलो असन्तुष्टि देखिएको छ । गणेश कार्कीलगायतका नेताहरूले रविको निर्णयप्रति आपत्ति जनाएका छन् ।साभार : मिडिया डबली
प्रचण्डलाई चितवनबाट लखेटेर गोरखा पठाएका रवि उनकै अन्डरको सरकारमा
११ पुष २०७९, सोमबार १२:२४0


सम्बन्धित समाचार
२५ पुष २०७९, सोमबार १५:३२0
मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प
Read More
१९ मंसिर २०७९, सोमबार १२:२७0
कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’
काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन
Read More
२८ असार २०७८, सोमबार १७:००0
सर्वाेच्चकाे फैसलाकाे कांग्रेस उपसभापति निधिद्वारा स्वागत
अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतले दिएको परमादेश र प
Read More
Comment here