काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनेकोमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका हुन्।माओवादी पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘भर्खर शेरबहादुर देउवाले पनि बधाई अध्यक्षज्यूलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिनुभयो। कांग्रेसका नेताहरूले फोन गरे हाम्रो प्रधानमन्त्री तपाईं नै हो भन्नुभयो।’कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेर देउवाको हठले गठबन्धन टुटेको बताइसकेको प्रवक्ता महराले बताए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर प्रधानमन्त्री बनेका थिए।साभार : नेपाल प्रेस
प्रचण्डलाई फोन गरेर देउवाले दिए प्रधानमन्त्री बनेकोमा बधाई
११ पुष २०७९, सोमबार ११:५९0


सम्बन्धित समाचार
१२ भाद्र २०७९, आईतवार १७:२०0
‘अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक
Read More
१४ आश्विन २०७८, बिहीबार १३:३३0
मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका
Read More
११ कार्तिक २०७८, बिहीबार ११:४७0
बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ
सिरहा । सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगा
Read More
Comment here