काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। तर, पदाधिकारीहरूले आपत्ति जनाएपछि सर्वसम्मत निर्णय हुन सकेन। संसद् भवनमै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए। कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ।आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए।साभार : डिसी नेपाल
प्रचण्डलाई विश्वास मत दिने निर्णयप्रति गगन-विश्वप्रकाशको फरक मत
२६ पुष २०७९, मंगलवार १३:०९0


सम्बन्धित समाचार
१३ श्रावण २०७९, शुक्रबार १२:०४0
एसईईको नतिजामा चित्त नबुझे पुनर्योग गर्न बोर्डद्वारा सूचना जारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले (एसईई)को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पु
Read More
१५ श्रावण २०७८, शुक्रबार १२:१७0
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् ।धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनिaयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु र
Read More
३० श्रावण २०७८, शनिबार १८:२५0
शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना (८,६६७ पीसीआर र ४,९०६) परिक्षण गर्दा ती संक्रमित थपि
Read More
Comment here