समाज

प्रजातन्त्र सेनानी उपाध्यायको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

दिपेश मल्लिक, जनकपुरधाम, १६ चैत । प्रजातन्त्र सेनानीमथुरा प्रसाद उपाध्यायको २५ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजनागरि उनलाई स्मरण गरिएको छ ।नेपालीकाँग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ समितिले बुधवार स्थानीय हनुमान मन्दिरको प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रीएवं प्रदेश संसदीयदलका नेता राम सरोज यादवले उपाध्यायको जीवनीबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताएका छन । मन्त्रीयादवले प्रजातन्त्रलाई बलियो बनाउन उपाध्यायको योगदान महत्वपुणर् रहेको स्मरण गराउँदै उनको आचरण , व्यवहार , विचार , निष्ठा अनुकरणीय रहेको बताए ।वडा सभापति संजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँगे्रस धनुषाका सभापति योगेन्द्र पँजियार , प्रदेश सभा सदस्यप्रमिला दास , जिल्ला उपसभापति गणेश झा ,सचिव कन्हैया लाल कणर् ,जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साह , पुर्व उपमेयर किशोरी साह , जिल्ला सदस्य उमेश साह लगायतका वक्ताहरुले उपाध्यायको जीवनको विभिन्न कालखण्डको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै महाधिवेशन प्रतिनिधि एवं स्व. उपाध्यायका पुत्र प्रफुल्ल राज घिमिरेले प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानको बारेमा प्रकाश पारेका थिए ।
युवा नेताअर्जुन चौधरीले संचालन गरेको सो कार्यक्रममा नगर सचिव लालबाबु मिश्र , वडा नं ४ का सभापति दिपक साह , वडा नं ५ का सभापति ललित साह, वडा नं १३ का वडा सभापति जित बहादुर राउत सहित काव्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Comment here