काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् ।बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे । आजको मतदान प्रक्रियामा कुल २६८ सांसद उपस्थिति भएकोमा एकजनाले पक्ष विपक्ष कतै मत दिएनन् ।घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।साभार : नेपाल प्रेस
प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
५ माघ २०७९, बिहीबार १५:४५0


सम्बन्धित समाचार
१४ कार्तिक २०७८, आईतवार ११:५८0
विपद्बबाट १२१ को मृत्यु, २८ बेपत्ता
काठमाडौं । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम
Read More
२२ आश्विन २०७९, शनिबार ११:३८0
रौटहटका जसपा नेता एमाले प्रवेश
काठमाडौं । रौतहटका जसपा नेता एवं मेयर प्रत्याशी अजय यादव लगायतका नेता-कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।शुक्रवार मध्यराति फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्याशी यादव लगायतका नेता क
Read More
२० असार २०७९, सोमबार १२:२६0
मधेस सरकारको बजेटमाथि आजदेखि छलफल हुने
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि छलफल सुरू हुने भएको छ ।त्यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Read More
Comment here