समाज

प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन सरकारको सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए ।सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै  संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

साभार : नेपाल प्रेस

Comment here