काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले भन्नुभयो, ‘‘प्रदेशहरू आफैंमा स्वायत्त भएको र कसरी काम गर्ने भन्ने विषय संविधानमा स्पष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्न हुँदैन र हामी गर्दैनौँ ।”प्रदेशका संरचना बढी हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे आफू सचेत रहेको भन्दै उहाँले यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी भएको बताउनुभयो । ‘‘मैले सत्ता साझेदार दलहरुको बैठकमा प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको छु । त्यसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत सबै नेताहरू सहमत हुनुभएको छ ।”उहाँले प्रदेशमा सांसद कुल सङ्ख्याको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको समेत जानकारी दिनुभयो । सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको सङ्ख्या घटाइसकेको उहाँको भनाइ छ । “यसले वित्तीय सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासाहरू सम्बाेधन हुनेछन्”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ । प्रदेशहरू केन्द्रप्रति निर्भर हुने अवस्था अन्त्य गर्नुपर्छ । त्यसका लागि प्रदेशमा नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ ।प्रधानमन्त्री दाहालले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताउनुभयो । उहाँले भन्नुभयो, “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु । यसरी सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।”साभार : गोरखापत्र
प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौँ : प्रम प्रचण्ड
९ माघ २०७९, सोमबार १२:०७0


सम्बन्धित समाचार
१ कार्तिक २०७९, मंगलवार १७:५८0
राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन : सहमहामन्त्री यादव
जनकपुरधाम,कार्तिक, १ गते । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको रहेको बताउनु भएको छ । उहाँले राजनीतिक स
Read More
२ कार्तिक २०७९, बुधबार १२:१०0
१ सय ४९ वटा जातलाई ‘मधेशी’ को रुपमा परिभाषित गर्न मधेशी आयोगको सिफारिस
काठमाण्डाै – मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आ
Read More
५ आश्विन २०७९, बुधबार १२:०५0
राष्ट्रपति भण्डारीले तत्काल राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव
काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रप
Read More
Comment here