समाज

प्रदेशमन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने हनुमाननगर कंकालिनीको मेयर

जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको अध्यक्ष जितेर मधेसमा जनमत पार्टीले खाता खोलेको छ ।जनमतका वीरेन्द्र माझीले निवर्तमान मेयर तथा जसपाका शैलेश साहलाई पराजित गरेका छन् ।माझीले ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी साहले ६ हजार २४६ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मेयरमा पराजित साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । उनी ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा जितेका थिए ।साभार : नेपाल प्रेस

Comment here