समाज

प्रदेश नं २ का मुख्यमन्त्री राउतले पाए दुईतिहाइको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत र विपक्षमा २३ मत परेको थियो। । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका थिए ।राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् ।साभार : स्पेसखबर


Comment here