समाज

प्रदेश प्रमुख झाले घरमै पुगेर गरे पुर्वमेयर मिश्रलाई सम्मान


जनकपुरधाम | लामो समय देखि विरामी हुनु भएको जनकपुरधामका पुर्व भेयर राजदेव मिश्रलाई उहाँको घरमै गएर प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजलेसम्मान गर्नु भएको छ । उहाको घरमै पुगेर झाले गम्छा ओडाएर सम्मान गर्नु भएको छ । केही दिन देखि बिरामी हुनु भएका मिश्र एक ईमान्दार जनप्रतिनिधिको रुपमा आफनो पहिचान बनाउनु भएको छ । केही घण्टा उहासंग बसेर भालाकुसारी समेत गर्नु भएको थियो । मिश्रले जनकपुरको विकासको क्रममा आफुहरुले भोगेको चुनौती र समस्याको विषयमा जानकारी गराएका थिए । जनकपुरको सडक विस्तार गर्दा आफुलाई शाहीकालका मन्त्री कमल थापाले दिएको दवाव लगायत अहिलेको राजनितिकको विषयमा छलफल गर्नु भएको थियो । जनकपुर धार्मिक नगरी भएको कारणले यसको विकास समेत सोही अनुसारले हुनुपर्ने आफनो चाहना रहेको बताउदै आफुले कमै समय पदमा बसेपनि निष्ठापुर्वक जनताको सेवा गरेको बताए ।

Comment here