समाज

प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएको छ । मन्त्रिपरिषदको आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।साभार : नेपाल प्रेस

Comment here