समाज

प्रदेश २ सरकारले आज बजेट ल्यायो कोविड १९ नियन्त्रणका लागि २० करोड विनियोजन


बटुकनाथ झा
जनकपुरधाम, १ गते असार ।
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट आज प्रदेश सभामा पेश गरेको छ । प्रस्तावित बजेट ३३अर्व७९ करोड १४ लाख ३० हजार मध्ये चालु तर्फ १५अर्व६३ करोड ३३लाख ४७ हजार र पुँजीगत तर्फ १८ अर्व ५ करोड ८० लाख ८३ हजार रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री विजय कुमार यादवले प्रदेश सभामा प्रस्तुत गर्नु भएको बजेटमा स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ ।कोरोना भाइरसको महामारी र त्यसबाट प्रभावित क्षेत्रलाई बजेटमा प्राथमिका दिएको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बताउनु भयो । बजेटमा ‘स्वास्थ्य, कृषि, सिंचाईलाई विशेष महत्व दिएकोछ ।’ बजेट गत वर्ष जस्तै भएपनि कृषिजनउत्पादनमा आधारित उद्योग स्थापना गर्ने बजेट भाषणमा भनिएको छ । स्वास्थ्य क्षेत्रमा कोबिड १९ को रोकथामकालागि २० करोड विनियोजन,मृगौला विरामीको उपचारका लाग १२करोडमा ३५ अस्पतालमा डायलोशीस मेसिन खरिद गर्ने,९ करोड उपलब्ध गराएको १० करोडमनिपालकालागि दिने ।प्रदेश अस्पताल जनकपुधामका लागि १९ करोड विनियोवन उपकरण खरिद गर्न, विपन्नलाई स्वास्थ्य विमाका लागि बजेट,जिरो होमडेलिभरीकोबजेट राखिएको छ । शहिद शहिद दुर्गानन्द झा सालिक निर्माणका लागि २करोड, लोकसंचार प्रवद्र्धन बोर्डका लागि ५ करोड , लोककलयणकारी विज्ञापनका लागि २ करोड, बोटी पढाउ, बेटीबचाउ २० करोड विनियोजन गरिएको छ । बजेटमा कोविड नियन्त्रण गर्न २० करोड, पोखरी सौन्दर्यीकरण गर्न २० करोड,मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत ३१ करोड, मठमन्दिरका लागि १५ करोड विनियोजन गरिएकोछ । प्रत्येक जिल्लामा एक नमुना सामुदायिक विद्यालयका लागि २४ करोड,सामुदायिक विद्यालयको खेल मैदानका लागि ८ करोड, माछा पालनका लागि १३ करोड बजेट विनियोजन गरिएको छ ।कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमका लागि बजेट राखिएको जनाउँदै मन्त्री यादवले भने, कोरोना प्रभावित क्षेत्रहरुलाई बजेटमा विशेष ध्यान दिइएकोछ । क्रमागत योजनाहरुलाई निरन्तरतादिदै अधुरा रहेका योजनाहरुलाई पुरा गर्न बजेटमा रकम बिनियोजन गरिएकोछ ।कोरोना महामारीबाट प्रभावित किसानहरुलाई राहत र सिंचाईको सुबिधा प्रदान गर्ने कार्यक्रमहरु बजेटमा समावेश गरिएकोछ ।‘बजेटमा चालु खर्च भन्दा विकास खर्च बढी रहेको छ,’ । बजेट चालु आर्थिक वर्ष २०७७÷०७८ कै हाराहारीमा रहेको छ ।बजेट भाषणमा धेरै योजना पहिलाकै दोहरिएको भएपनि केहि नयाँ समेत आएको छ ।

Comment here