समाज

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पार्टीले गल्ती गर्यो : डा. कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् ।आइतबार संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । आफूले तटस्थ बसांै भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।साभार : कोसी अनलाइन

Comment here