समाज

प्रहरीको गाडीबाटै भागेका बलात्कार आरोपी मुखिया पक्राउ

जनकपुरधाम ।‌ इलाका प्रहरी कार्यालय सबैलाको गाडीबाट हाम फालेर भागेका बलात्कार आरोपी थुनुवा राजाबाबु मुखिया आज बिहान पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मुखियालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई बिहान जिल्ला प्रहरी कार्यालय लगिएको छ ।धनुषा जिल्ला अदालत जनकपुरबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा आइतबार साँझ यदुकोहाबाट थुनुवा मुखिया भागेका थिए ।मुखियालाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उनी पक्राउ परेपनि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट फरार ६ थुनुवामध्ये २ जना अझै पक्राउ परेका छैन ।साभार : नेपाल प्रेस

Comment here