काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३, झापा २, काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।माओवादीको भागमा परेको झापा २ मा एमालेका देवराज घिमिरेले फराकिलो अग्रतासहित माओवादीका हरि रानालाई पछि पारेका छन् । त्यस्तै ललितपुर ३ मा पम्फा भुसाल एमालेका अमृत खड्काभन्दा पछि परेकी छन् ।काठमाडौं ७ मा एमालेका श्याम घिमिरेले अग्रता लिँदा मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् ।हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा मुस्ताङमा कांग्रेसले जीत हासिल गरिसकेको छ । बाँकी निर्वाचन क्षेत्रमध्ये झापा २, धनुषा ३, ललितपुरका तीनवटै र काठमाडौं ७ मा एमालेले अग्रता लिएको छ । त्यस्तै बाँके ३ मा पनि एमालेको अग्रता छ ।कांग्रेसले भक्तपुर २ र काठमाडौं १ मा अग्रता कायम राख्दा लौरोले कास्की २ र काठमाडौं ६ मा अग्रता लिएको छ । सीके राउतले सप्तरी २ मा अग्रता लिएका छन् ।साभार : नेपाल प्रेस
प्रारम्भिक गणनामा माओवादी, जसपा र नेकपा एसका उम्मेदवारले अग्रता लिन सकेनन्
५ मंसिर २०७९, सोमबार १२:३०0


सम्बन्धित समाचार
२ कार्तिक २०७९, बुधबार १८:२१0
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वर्तमान गठबन्धन : सहमहामन्त्री यादव
जनकपुरधाम,कार्तिक, २ गते । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न अपील गर्नुभएको छ । उहाँले राज
Read More
९ मंसिर २०७९, शुक्रबार १२:२६0
महोत्तरी १ (ख) मा माओवादीका भरतप्रसाद साह विजयी
बर्दिबास। महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकटतम प्रत
Read More
२६ जेष्ठ २०७९, बिहीबार १२:१७0
जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विवादको कारक भने मन्त्री पद हो।मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहर
Read More
Comment here