समाज

प्रेस युनियनले एकै वर्ष ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रेस युनियनले यस वर्ष देशभर ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । युनियन केन्द्रीय समितिको बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यस वर्ष देशभर ७३ वटा पत्रकारिता तालिम सञ्चालन गर्ने जनाएको हो ।युनियनले मिडिया काउन्सिल विधेयकका त्रुटिहरु सच्याउन, श्रमजीवी पत्रकारको न्यूनत्तम पारिश्रमिक वृद्धि गर्न तथा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ नगर्न मागसमेत गरेको छ ।जनकपुरधाममा सम्पन्न बैठकले युनियनका प्रदेश समितिहरुको अधिवेशन आगामी मंसिर २५ देखि पुस २५ गतेसम्म गर्नेलगायतका निर्णय गरेको युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।साभार : नेपाल प्रेस

Comment here