समाज

फियान नेपालले गरे विभिन्न निर्णय


बटुकनाथ झा
जनकपुरधाम भदौँ १६ । खाद्यय अधिकारको क्षेत्रमा काम गर्ने फियान नेपालले धनुषा जिल्लामा खाद्य अधिकार संग सम्बन्धी गर्ने कामहरुका बारेमा अन्तरक्रियात्रबाट निर्णय गरेकोछ । जिल्ला खाद्य अधिकार संजालका पदाधिकारी र सरोकारबला बिच खाद्य अधिकार हननका सवालमा भएको अन्तरक्रियाबाट बजारमा खाद्य अनुगमन गर्ने निर्णय गरेकोछ । संजालका अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा भएको सो अन्तरक्रियामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशमा तयारीको क्रममा रहेको खाद्य सम्बन्धी अधिकार नियमावली बनाउने सम्बन्धमा सहकार्य गरी संजालको तर्फबाट आवश्यक बूँदा थप गर्ने निर्णय भएको संजालका सचिव देवकुमार महतोले जानकारी दिनुभयो । सचिव महतोकै अध्यक्षतामा एक उपसमिति गठन गरी जिल्लाका विभिन्न स्थानमा जंगली जनावरको आतंकका कारण किसान तयारी अवस्थाको अनाज खेतमा नै नष्ट भइरहेकाले ति जनावरहरुको व्यवस्थापनका लागि सरोकारबलाहरुसंग समन्वय गर्ने निर्णय भएको छ । त्यस्तै संजालका उपाध्यक्ष सुभद्र आलेको अगुवाई गठित समितिले जनकपुरधाम बजार क्षेत्रमा विक्री भईरहेको गुणस्तरहिन खाद्यबस्तुको अनुगमन गर्ने निर्णय निर्णय भएको छ । उक्त छलफलबाट महेन्द्रनारायण निधि आवास योजना अन्तरगत धनुषाका मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा रहेको डोम समुदायको निर्माधिन रहेको अधुरो घरको काम छिटो सम्पन्न गराउन सम्बन्धी पक्ष ध्यानाकर्षण गराउने समेत निर्णय भएको फियान नेपालका मधेश प्रदेश अधिकृत नन्दिनी यादवले जानकारी दिनुभयो ।

Comment here