कुवेतमा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेल खेलेर नेपाली फुटबल टिमका सदस्य आइतबार स्वदेश फर्किएका छन् ।खेल सकिएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी केही समयपछि फर्किने गरी कुवेतमा नै छन् भने रोहित चन्द क्लब ड्युटीका लागि इन्डोनेसिया गए ।कुवेती प्रशिक्षक अलमुताइरीको चर्चा विश्वकप छनोट खेलका लागि बन्द प्रशिक्षणमा खेलाडी छनोट गर्दादेखि नै भएको हो । अन्तिम टोली छनोट र खेलाडी मैदान उतार्दासमेत उनी चर्चामा रहे । कुवेतमा भएको छनोट खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्यो भने जोर्डन र अष्ट्रेलियासंग समान ३–० को हार बेहोर्यो । त्यसअघि मैत्रीपूर्ण खेलमा इराकसंग ६–२ ले पराजित भयो ।विश्वकप र एसिया कपको छनोटको कुल ८ खेलमा नेपालले २ खेल जित्यो भने अरुमा हार ब्यहोर्यो । त्यस्ते २२ गोल खायो भने ४ गोल गर्न सक्यो । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो भने जोर्डनसंग ३–० ले पराजित गरेको थियो । २०१९ मा अष्ट्रेलियासंग क्यानबेरामा ५–० ले हारेको नेपालले यसपटक गोलअन्तर घटायो ।यस पटक नेपालको टिममा युवा खेलाडी छनोट गरेका प्रशिक्षक अलमुताइरीले धेरै प्रयोग पनि गरे । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना महामारीका कारण ‘न्युट्रल भेन्यू’ कुवेतमा खेल्नुपरेको थियो ।तैपनि नेपालमा नयाँ प्रशिक्षकको रणनीति र खेलाडीको आत्मविश्वासले प्रशंसा पायो । नेपालले पनि ठूला टिमविरुद्ध आक्रामक फुटबल खेल्न सक्छ भन्ने देखाएको खेल विश्लेषकहरु बताउँछन् ।विपक्षी टिमका प्रशिक्षकहरुले पनि नेपालको खेल्ने शैली परिवर्तन भएको स्वीकार गरे । नेपालका प्रशिक्षक अलमुताइरीले पनि बारम्बार नेपालको खेल मानसिकतामा परिवर्तन भएको बताए र त्यो योजनामा आफू सफल भएकामा खुशी देखिए ।गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा यस पटक ६ नयाँ अनुहार थिए । जसमध्ये ५ खेलाडीले यो टुरमा डेब्यु गर्ने अवसर पाए ।विंगर मनिष डाँगी र डिफेण्डर गौतम श्रेष्ठले इराकविरुद्ध पहिलो रोजाईँमा खेल्दै डेब्यु गरे । त्यसपछि उनीहरु राम्रो प्रभाव पनि देखाए । अन्य तीन मिडफिल्डर आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले अष्ट्रेलियाविरुद्ध अन्तिम खेलमा मैदान प्रवेश गर्ने मौका पाए ।उनीहरुसंगै पहिलो पटक टिममा परेका गोलकिपर विशाल सुनार, गत नोभेम्बरमा बंगलादेशसंगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा परेका अर्का गोलकिपर दीप कार्कीले भने डेब्यु गर्न बाँकी रह्यो ।अलमुताइरीले खेलको नतिजाको जिम्मा आफैं लिएर पनि प्रशंसा पाए । खेलअघि र पछि पनि खेलाडीलाई दोष र दबाब नदिन सार्वजनिक आह्वान गरे ।अब नेपालले सेप्टेम्बरमा साफ च्याम्पियनसिप खेल्दैछ । दक्षिण एसियाको यो ठूलो प्रतियोगितामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । त्यसैले प्रशिक्षकले साफलाई ध्यानमा राख्दै यस पटक युवा खेलाडीहरुलाई टिममा राखेर तयारीको संकेत देखाए । उनले खेलाडी छनोट गर्दा नै त्यसै भनेका थिए ।यस्तै विश्वकप छनोटबाट बाहिरिएको नेपालले अब एसियन कप छनोटको तेस्रो चरण पुग्न प्लेअफ खेल्नुपर्नेछ । त्यो खेल सेप्टेम्बरमै हुने सम्भावना छ ।त्यसअघि नेपालले जुलाईमा अफ्रिकन र युरोपियन टिमसंग मैत्रीपूर्ण खेल खेल्ने प्रशिक्षक अलमुताइरीले बताएका थिए । उनले इराक जानुअघि तीन महिना पर्खनुस् नतिजा देखिनेछ भनेका थिए । त्यसका लागि उनले खेलाडी तयार पारेका छन् । नतिजा भने हेर्न बाँकी छ ।
फुटबलमा प्रशिक्षक अलमुताइरीले देखाएको आशा
३१ जेष्ठ २०७८, सोमबार १६:४६0


सम्बन्धित समाचार
३ पुष २०७९, आईतवार १२:१०0
फिफा विश्वकप २०२२ को फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै
काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन्। गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भ
Read More
२८ मंसिर २०७९, बुधबार १२:२७0
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवे
Read More
२० कार्तिक २०७९, आईतवार १४:०६0
पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं । पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको
Read More
Comment here