मुम्बई। बक्सअफिसमा कैयौं हिट फिल्म दिएका अभिनेता अजय देवगनले सन् २०२२ मा ‘दृश्यम २’ जस्तो ब्लकबस्टर फिल्म दिएर बलिउडका सुपरस्टार हुन् भन्ने साबित गरिदिए।रिमेकको यो ट्रेण्डमा अजय अब आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन्। हाल दिन नयाँ फिल्म ‘भोला’को तयारी गरिरहेका छन्।फिल्म ‘दृश्यम २’को प्रमोसन गर्न रेड एफएम पुगेका अजयलाई आरजे मलिष्काले ‘तपाईंको कुन फिल्म रिमेक गर्न चाहनुहुन्छ?’ भनी सोधेकी थिइन्। जवाफमा उनले कसैले उनको सन् १९९१ को फिल्म ‘फूल और काँटे’को रिमेक बनाएको हेर्न चाहेको बताएका थिए।‘यसका लागि मैले केही अभ्यास गर्नुपर्नेछ । खास गरी फिल्मको फाइट सिक्वेन्सका लागि मैले एक डेढ महिना अभ्यास गर्नुपर्छ’, उनले भने। फिल्म ‘फूल और काँटे’मा अभिनेत्री मधु पनि देखिएकी थिइन् । फिल्मको कथा, गीत र एक्सनलाई दर्शकले खुबै मनपराएका थिए।साभार : डिसी नेपाल
फूल और काँटेको रिमेक चाहन्छन् अजय
१४ पुष २०७९, बिहीबार १२:१९0


सम्बन्धित समाचार
४ माघ २०७९, बुधबार १२:१७0
कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै
Read More
५ आश्विन २०७९, बुधबार १२:०५0
राष्ट्रपति भण्डारीले तत्काल राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव
काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रप
Read More
२७ कार्तिक २०७९, आईतवार १२:२०0
सन् २०२७ को यू-१९ महिला विश्वकप आयोजनाको अवसर नेपाललाई
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।यसैक्रममा नेपालले २०२७ को
Read More
Comment here