जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न तेर्हौ साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख साहले सो कुरा बताएका हुन् । उनले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए । सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति, विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले अहिलेसम्मका सहकारीका गतिविधिलाई हेर्दा कतिपयले सहकारीलाई ठगी खाने भाडोका रूपमा प्रयोग गरेको बुझिन आएकाले त्यस्ता खालका सहकारीहरूले तत्काल पारदर्शी तरिकाले अघि बढ्न आग्रह गरे । सर्वसाधारण नागरिकले गास कटाएर बचत गरेको धनमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिविधि गर्नेहरूमाथि स्थानीय सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए । संस्थाका अध्यक्ष गोपालप्रसाद गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ नागरिक बचत कर्ता लगायतलाई सम्मान गरेको थियो ।
बचत संस्थाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड
२३ पुष २०७९, शनिबार २१:३५0


सम्बन्धित समाचार
५ माघ २०७९, बिहीबार २०:१७0
चेम्वर्सले चार वर्ष सम्म जनकपुरबासीको निःशु्ल्क दन्त परिक्षण गर्ने
जनकपुरधाम माघ ५ गते । धनुषा जिल्लाको विभिन्न पालिकामा दन्त उपचार गर्ने सम्झौता अनुसार काम गरिरहेका अप्पन डेन्टल चेम्बर्सले चार वर्ष सम्म जनकपुरधामका नागरिकलाई निःशुल्क दन्त स्वास्थ्य सेवा दिनेछ । जनक
Read More
२ मंसिर २०७९, शुक्रबार १२:००0
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने
काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ ।यस अघिका निर्वाचनमा क्रियाशिल राजनीतिक
Read More
१ पुष २०७९, शुक्रबार १०:०९0
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेकाे छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उनकै निवास
Read More
Comment here