वीरगन्ज । होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ ।सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए ।पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको खाद्य अधिकृत दासले बताए।साभार : रातोपाटी
बजार अनुगमनको क्रममा ठुलो परिमाणमा म्याद नाघेका सामान बरामद
१७ फाल्गुन २०७९, बुधबार ११:५२0


सम्बन्धित समाचार
२ असार २०७८, बुधबार १२:१५0
युरोकप फुटबलमा बुधवार तीन खेल, को कति बजे कोसंग खेल्दै
एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज ९बुधबार० तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ए को दुई खेल र समूह बी को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण
Read More
१४ आश्विन २०७९, शुक्रबार १२:२१0
आज दशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै
काठमाडौं। नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका
Read More
५ चैत्र २०७९, आईतवार १२:२२0
प्रतितोला १ लाख १० हजार पुग्यो सुनको भाउ
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ
Read More
Comment here