समाज

बभनगामामा हनुमान र चित्रगुप्तको मंदिरको शिलान्यास गरियो

जनकपुुरधाम फागुन १ गते । जनकपुरधाम उपमहानगरपालिका २५ बभनगामामा शनिबार हनुमान तथा चित्रगुप्त मंदिरको शिलान्यास संगै गरिएको छ । चित्रान्स अन्तराष्ट्रियको सहयोगमा निर्माण हुनलागेको सो दुईटै मन्दिरको शिलान्यास सन्त जदुवीर बैष्णव तथा चित्रान्स अन्तराष्ट्रियका सदस्य बसन्त कुमार कर्णले संयुक्त रुपमा गर्नुभएको थियो ।बभनगामा युवा क्लवको प्राङगनमा निर्माण हुनलागेको सो मंदिरको शिलान्यास कार्यक्रममा गाउँमा बुद्धिजिवी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Comment here