जनकपुरधाम,फागुन १९ गते ।सर्लाही जिल्लाको बरहथवाका किसानहरुलाई सहुलियत कर्जा तथा वाली विमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा बरहथवामा संचालित जानकी महिला कृषक समुहमा व्यापारी, सेवा प्रदायक तथा किसान विच एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । तरकारी व्यापरी नरेश महटोको अध्यक्षतामा भएको सो अन्तरक्रियामा एग्रोभेट व्यवसायी सुरेन्द्र प्रसाद साहले सहभागी हरु लाई कृषि सम्बन्धमा किसान हरु लाई जानकारी गराउनु भएको थियो । उक्त अन्तरक्रियामा तरकारी आपुर्ति श्रंखला सम्बद्ध व्यापारी, सेवा प्रदायक र किसान बिच व्यापार विस्तार तथा समन्वयका लागि छलफल भएको समृद्धि आयोजनाका जनकपुर करिडोर कार्यालयका तरकारी आपुर्ति श्रंखला सुपरिवेक्षक विष्णुदेब झाले जानकारी दिनुभयो । अन्तरक्रियाको मुख्य उद्देश्य समुहद्वारा उत्पादन गरिएको तरकारीहरुलाई सामुहिक बजारीकरणका सम्बन्धमा परियोजनाका बिना विष्टले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा समुहहरुलाई वार्षिक तरकारी उत्पादन योजना,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया,गुणस्तरीय विउविजन र यसका फाइदाका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा स्थानीय किसानहरुका साथै समृद्धि आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बरहथवाका कृषक संग समृद्धिको अन्तरक्रिया
१९ फाल्गुन २०७९, शुक्रबार २१:५५0


सम्बन्धित समाचार
२१ फाल्गुन २०७९, आईतवार १२:४६0
सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगा
Read More
१४ मंसिर २०७९, बुधबार २०:४०0
बाललक्षित बजेट सम्बन्धी वकालत तथा सम्बाद सम्पन्न
जनकपुरधाम१४ गते मंसिर ।बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने मधेश प्रदेशका विभिन्न संस्थाहरु संग बालबालिका लक्षित बजेट विश्लेषण सम्बन्धी दुई दिवसीय वकालत तथा सम्बाद कार्यक्रम बुधबार जनकपुरधाममा स
Read More
२८ श्रावण २०७९, शनिबार १२:४७0
दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै
काठमाडौं । राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्
Read More
Comment here