समाज

बलराम महतोको उम्मेदवारीमा मेरो कुनै समर्थन छैन : नेता महासेठ

राहुल सिंह
जनकपुरधाम ।
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का नेता लक्ष्मण महासेठले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखका लागि निर्माण व्यवसायी बलराम महतोको स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रममा आफनो नाम जोडिएकोमा आपति जनाएका छन ।आईतवार एक प्रेस विज्ञप्ति जारी गरी महासेठले कामको सिलसिलामा रमण टावर पुगदा महतोको स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रम चलिरहेको समयमा अचानक आफुलाई आसन ग्रहण गराईएको जानकारी गराएका छन ।
विज्ञप्तिमा महासेठले आफु नेपाली कांग्रेसको सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहेर कार्य गर्दै आएकोमा उतm घटनाले मेरो संगठनप्रतिको प्रतिवद्धता , निष्ठामाथि नै प्रश्न तेर्सिएको हुंदा कसैलाई भ्रममा नपर्न यो प्रेस विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउन चाहन्छु उल्लेख छ ।नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनीधि समेत रहेका लक्ष्मण महासेठले महतोको उम्मेदवारी घोषणा कार्यक्रममा भुल वश सहभागी भएपनि कार्यक्रमको विषयमा थाहा पाउंदा तत्कालै त्याहांबाट निस्केको जानकारी विज्ञप्तिमार्फत गराएका छन । त्यसपछि आफनो सम्पुणर् नेतृत्व वर्गलाई सो विषयमा जानकारी गराई सकिएको महासेठको दावी छ ।
त्यसै गरी आईतवार नेपाल प्रेस युनियन आवद्ध पत्रकारहरुसंग कुरा गर्दै नेता महासेठले परिबन्धमा पारेर आफनो चरित्र हत्या गर्न खोजेको प्रयासप्रति घोर आपति जनाएका छन । उनले महतोको उम्मेदवारीसंग मेरो कुनै सरोकार र समर्थन नरहेको बताए ।

Comment here